संस्था अनुमती सम्बन्धी अत्यन्त जरुरी सूचना !
संस्था अनुमती सम्बन्धी अत्यन्त जरुरी सूचना !
संस्था अनुमती सम्बन्धी अत्यन्त जरुरी सूचना !
प्रस्तुत विषयमा मिति २०८३।०५।१० गते रसुवा भोटेकोशी नदिमा भएको बिनाशकारी बाढीका कारण बेपत्ता भएका घर परिवार, बाढीबाट प्रभावित भएका सबै व्यक्ती तथा परिवारहरुलाई आर्थिक सहायता, स्वास्थ्य सामग्री, लत्ताकपडा, खाध्यान्न सामग्रीहरु, सरसफाईका सामग्री, शैक्षिक सामग्री, छात्रबृति, गाँसबास कपडा जस्ता अति आवश्यक बस्तुहरु सहयोग प्रदान गर्न चाहने बिभिन्न संघ संस्थाहरुले आफ्नो संस्थाको लेटरप्याडमा निम्नानुसारको कागजातहरु संलग्न राखी यस कार्यालयको ईमेल ठेगाना aamachhodingmo@gmail.com, admn.aama2080@gmail.com मा पठाउनु हुन जानकारी गराईन्छ ।
आवश्यक कागजातहरुः
१. संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपि (अद्यावधिक नविकरण भएको)
२. समाज कल्याणमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि (अद्यावधिक नविकरण भएको)
३. स्थायी लेखा नं को प्रतिलिपि
४. करचुक्ता प्रमाण पत्रको प्रतिलिपि (आ.व. ०८२।०८३ को)
५. लेखा परिक्षण प्रतिवेदन (०८२।०८३ को)
६. आवश्यक राजश्व तिरेको रसिद
७. संस्थाको कार्यालय बाहेक शाखाहरु स्थापना भएमा स्थानिय तहमा शाखा दर्ता गरेको प्रमाण।