सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सुचिकृत हुने सम्बन्धी सुचना ।

सामाजिक सुरक्षा कोषमा योगदानकर्ताको रुपमा सुचिकृत हुने सम्बन्धी सुचना ।

प्रस्तुत विषयमा नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मिति २०८२/०१/०१ गते नेपाल राजपत्रमा प्रकाशन भएको सुचना बमोजिम यस आमाछोदिङमो गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा ६ महिना भन्दा बढी सेवा गरेका करार सेवामा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २१ अनुसार योगदानकर्ताको रुपमा सुचिकृत हुन यो सूचना प्रकाशित गरिएको छ । इच्छुक कर्मचारीहरुले देहाय अनुसार कट्टी हुनेगरी तपसिलका कागजात तथा विवरणहरु सहित तोकिएको ढांचामा मिति २०८३/०८/०९ भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ।

देहायः-

योगदानकर्ताको खाईपाई आएको तलबको कम्तिमा ६० (साठी) प्रतिशतलाई आधारभूत तलब मानि त्यसको २० (बीस) प्रतिशत आमाछोदिङमो गाउँपालिकाबाट र ११ (एघार) प्रतिशत सम्बन्धित योगदानकर्ताको तर्फबाट कट्टा गरि जम्मा गर्नु पर्नेछ

तपशिलः-

१. सामाजिक सुरक्षा कोषमा आबद्द हुन पेश गर्ने निवेदन- १

२. निवेदकको पछिल्लो नियुक्ति/सम्झौताको प्रतिलिपि- १

३. नागरिकता प्रमाणपत्रको प्रतिलिपि-१

नोटः- सामाजिक सुरक्षा कोषमा आवद्द हुने कर्मचारी स्वयं उपस्थित हुनु पर्नेछ ।